३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


महानायक विवाद : दिपकराजलाई कलाकार भने खुशी, दयाहाङ अभिनेता र सुरक्षा हिरोइन्



कोही कोहीले मलाई महानायक भन्दे न तेरो के जान्छ ? भन्दै पत्रकारलाई पगरी गुथाउन लगाउछन्

ललितखबर
२३ भदौं । राजधानीमा महानायक विवादबारे अभिनेता दिपकराज गिरी, दयाहाङ राई र सुरक्षा पन्तले बोलेका छन् ।
अभिनेत्री सुरक्षा पन्त आफूलाई हिरोइन भन्दा खुशी लाग्ने बताइन् । दयाहाङ राईलाई चाही अभिनेता भनिदिए खुशी हुने रहेछन् । दिपकराज गिरी भने कलाकार भन्दा रमाइलो मान्दा रहेछन् ।
अभिनेता दयाहाङ चलचित्रमा पात्रको भूमिका निभाउने कलाकार आफैमा हिरो वा भिलेन नहुने तर्क गरे । भने, ‘हामी एउटा कलाकारलाई हिरो, सुपरस्टार, मेगास्टार, नायक, महानायकजस्ता उपमा दिएको देख्छु । तर अभिनय गर्ने कलाकार केही होइन । उ कलाकार मात्रै हो् । हिरो र भिलेन त पात्र हो । चलचित्रको पात्र ।’
महानायक विवादमा फसेका दिपकराज गिरी भने आफूलाई ठाँउ ठाँउमा महानायक भन्ने गरेकोमा दुःख व्यक्त गरे । भने, ‘मलाई हास्य कलाकार भनिदिएकोमा खुशी लाग्छ ।’ दिपकराजले महानायक र सुपरस्टारको पगरी सञ्चारमाध्यमहरुले गुथाएको बताए । भनले भने, ‘कोही कोहीले मलाई महानायक भन्दे न तेरो के जान्छ ? भन्दै पत्रकारलाई पगरी गुथाउन लगाउछन् ।’
अभिनेत्री सुरक्षा पन्त भने महानायक विवादमा फस्न चाहिनन् । विवादास्पद विषयमा आफू नबोल्ने भन्दै गोलमटोल जवाफ दिएकी थिइन् ।

 

हामी एउटा कलाकारलाई हिरो, सुपरस्टार, मेगास्टार, नायक, महानायकजस्ता उपमा दिएको देख्छु । तर अभिनय गर्ने कलाकार केही होइन

केही समयअघि राजेश हमाललाई जनस्तरबाट महानायक भन्दै सम्बोधन गरेपछि भुवन केसीलाई महानायक भन्न सुरु भएको थियो । हास्यकलाकारिताबाट ठूलोपर्दामा देखिन थालेपछि दिपकराज गिरीले महानायक विवादमा टिप्पणी गरेसँगै बहस सुरु भएको थियो । पछिल्लो समय नयाँ पुस्ताका प्रदिप खड्कालाई सुपरस्टार भनेको सुनिन थालेको छ भने अनमोल केसीलाई मेगास्टार ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : २९ बजे