१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


२५ अंकले घट्यो नेप्से, १० अर्ब बराबरको कारोबार



२३ भदौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २५ अंकले घटेको छ । २७३२ बिन्दुबाट सुरु भएको कारोबार आज उच्च अंक २७७० सम्म पुगेको थियो । त्यसपछि उतारचढाव हुँदै २७०१.९० बिन्दुमा आएर कारोबार बन्द भएको छ ।

आज १५७ कम्पनीको सेयर मूल्य घटेको छ । ८५ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार ३२८ कम्पनीको २ करोड २२ लाख कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज माहुली लघुवित्त, सिर्जनशील लघुवित्त र मिड सोलु हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकमका हिसाबले सीईडीबी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो । यसको सबैभन्दा धेरै ४२ करोड १९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार लघुवित्त उपसमूहको सूचक १.२१ प्रतिशत, उत्पादनको ०.५० र सामूहिक लगानी कोष उपसमूहको सूचक ०.२२ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक घटेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १० : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।