१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राजेश हमाल भन्छन्,‘मलाई दर्शकहरूले राजनीतिमा आइदिए हुन्थ्यो भनेर अपेक्षा राख्नुभएको छ’



२३ भदौ । अभिनेता राजेश हमालले आफ्ना दर्शकहरूले राजनीतिमामा आइदिए हुन्थ्यो भन्ने अपेक्षा राखेको बताएका छन् । ललितपुरमा भएको काठमाडौं कलिङ साहित्य सम्मेलनको सेसनमा बोल्दै उनले राजनीति ठीक अवस्थामा नरहेको कारण अन्य क्षेत्रका मान्छेहरू पनि राजनीतिमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा रहनेगरेको बताए ।

‘मलाई दर्शकहरूले राजनीतिमा आइदिए हुन्थ्यो भनेर अपेक्षा राख्नुहुन्छ। यो हाम्रो राष्ट्रको बिडम्बना हो। जो राजनीतिमा लागिरहनुभएको छ। उहाँहरूबाट खासै काम भएको छैन। उहाँहरू निराश हुनुहुन्छ। हरेक व्यक्तिले सम्भावना खोजिरहनुभएको हुन्छ। सम्भावना हरेक क्षेत्रबाट खोजिरहनुभएको हुन्छ। तर जसबाट अपेक्षा राखिएको छ उहाँहरूबाट खासै काम भएको छैन’ अभिनेता हमालले भने ।

जो व्यक्ति आफ्नो यात्राको पहिलो बिन्दुमा लाग्यो, सबैभन्दा उत्कृष्ट र राम्रो कार्य उसले त्यही क्षेत्रमा गर्न सक्ने बताए । ‘तर बिडम्बना हाम्रा राजनीतिज्ञले सन्तोषजनक काम गर्न सक्नुभएन । समाजले विभिन्न पेसामा लागेको व्यक्तिलाई त्यहाँ राम्रो गरेको देख्नुभयो भने राजनीतिमा अपेक्षा राख्नुहुँदो रहेछ’ हमालले भने,’राजनीति भनेको मेरुदण्ड हो । मेरुदण्डले काम गरेन भने शरीरका अरु अङ्गले काम गर्दैनन् ।मेरुदण्ड कमजोर हुने बित्तिकै त्यो राष्ट्रका अरु कुरा कमजोर हुन्छ। हाम्रो राजनीति पनि त्यस्तै भएको हो ।’

उनले चलचित्रमा अभिनय गर्ने प्रत्येक हिरो नायक हो हुन तर सबै नायकले त्यतिको हिरोइजम प्रदर्शन नगरेको हुनसक्ने उल्लेख गरे ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ३ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।