८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुन्दरीजलमा मृत फेला परेकी महिलाको हत्या अभियोगमा दुई जना पक्राउ



काठमाडौँ
२३ भदौं । काठमाडौंको सुन्दरीजलमा मृत फेला परेकी महिलाको हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार ती महिलाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–३ बसुन्धाराबाट पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महरा रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले ती महिलालाई ढुंगा प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।

यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : ०२ बजे