३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


‘सिनेमा हेर्न जाँउ’ भन्दै चलचित्र ‘१२ गाउँ’ को गीतमार्फत प्रचार



चलचित्र ‘१२ गाउँ’को नयाँ प्रचारशैली अपनाउदै ‘सिनेमा हेर्न जाउँ, १२ गाँउ’को गीत सार्वजनिक गरिएको हो

काठमाडौँ
२३ भदौं । चलचित्रको प्रचारप्रसारका लागि विभिन्न आइटम गीत सार्वजनिक गर्ने गरिन्छ । चलचित्र चलाउनकै लागि चर्चित कलाकारलाई आइटम नृत्य गराउने पुरानै चलन हो कतिपय चलचित्रले एउटै गीत सामान्य किसिमको चलचित्र बनाउने बजेट खर्च गरेको नेपाली चलचित्र क्षेत्रमा चर्चा सुनिन्छ ।

चलचित्र ‘१२ गाउँ’को नयाँ प्रचारशैली अपनाउदै ‘सिनेमा हेर्न जाउँ, १२ गाँउ’को गीत सार्वजनिक गरिएको हो ।
आगामी असोज २४ गते (दशैंको फूलपातीको दिन) बाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्टको दोस्रो निर्देशकीय चलचित्र ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक भएको हो ।

‘सिनेमा हेर्न जाउँ’ बोलको गीतमा चलचित्रका डेब्यु अभिनेता समीर भट्ट र भारतीय टेलिभिजन सिरियलकी अभिनेत्री सोनू चन्द्रपाल नृत्य गरेका छन् ।

अर्जुन पोखरेलको शब्द रचना तथा संगीत रहेको गीतमा भारतीय गायक नाकाश अजिजको स्वर छ । यो गीतका कोरियोग्राफर सुनिल क्षेत्री हुन् ।

चलचित्रमा समीरका साथै विराज भट्ट स्वयं पनि मुख्य भूमिकामा छन् । पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर (इकु), भिष्म जोशी, तारा शर्मा, स्टन्ट सिल्भा (साउथ चलचित्रका चर्चित कलाकार) लगायतको पनि ‘१२ गाउँ’मा अभिनय छ ।

फिल्ममा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन् । उनले साउथका ५० बढी चलचित्रमा द्वन्द्व निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : ३१ बजे