२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा दुई जना मृत अवस्थामा फेला



प्रहरीले दुबै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिएको छ

२५ भदौं । काठमाडौंको भोटेबहाल र किर्तिपुरमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शसि कुमार लाल कर्ण सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा महिला मृत अवस्थामा फेला परेकी छिन् ।
हालसम्म नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ बर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीले दुबै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।