२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


रोकिएन सेयर बजार घट्ने क्रम, कारोबार रकम ६ अर्ब



२६ भदौ । सेयर बजार घट्ने क्रम रोकिएको छैन । कारोबारको पहिलो दिन नै पहिरो गएको बजारमा चौथो दिन पनि राताम्मे छाएको छ ।

बुधबार सेयर बजार परिसूचक २२ दशमलव ७३ अंकले घटेर २६१० दशमलव २१ को विन्दुमा पुगेको छ । आज ३१७ कम्पनीका ८७ हजार ३६ पटकको कारोबारमा १ करोड ५४ लाख २८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

६५ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको मूल्य घटेको छ भने ४ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये १० वटा राताम्मे भएका छन् । आज सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।