१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने



२६ भदौ । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैँलक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ।

दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले यस पटक भने सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो। चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

यस पटक दशैँलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको छ । राष्ट्र बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट दिँदै आएको थियो।

यस पटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गरिनेछ । राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यसपालिको दशैँमा नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको हो।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ११ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।