९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’होस्टेल ३’मा अभिनेता आर्यन सिग्देलसँगै परीक्षा लिम्बु अनुबन्धित



चलचित्रमा आर्यन र परीक्षासँगै ’कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूले अभिनय गर्दैछन्

 

काठमाडौं
२७ भदौं । चलचित्र ’होस्टेल ३’मा अभिनेता आर्यन सिग्देलसँगै परीक्षा लिम्बु अनुबन्धित भएका छन् ।

यसै साता छायाङ्कनमा जान लागेको नेपाली चलचित्र ’होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल र परिक्षा लिम्बु अनुबन्धित भएका हुन्।

 

 

’होस्टेल’ शृङ्खलाले नयाँ नयाँ कलाकारहरू जन्माउनेको रूपमा ख्याति कमाएको छ

 

आर्यन सिग्देल यो चलचित्रमा ’वार्डेन’को भूमिकामा देखिनेछन्।
अभिनेत्री परिक्षाको विशेष भूमिका रहने बताइएको छ । यसअघि, आर्यन र परीक्षाले चलचित्र ’पुजार सार्की’मासँगै काम गरेका थिए। सो चलचित्रमा दुवैको अभिनयको समिक्षकहरुले तारिफ गरेका थिए । चलचित्र ’होस्टेल ३’ आगामी फागुन १६ गते विश्वभर एकसाथ प्रर्दशन गर्ने निर्माण पक्षको तयारी छ ।

चलचित्रमा आर्यन र परीक्षासँगै ’कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूले अभिनय गर्दैछन्।

’होस्टेल’ शृङ्खलाले नयाँ नयाँ कलाकारहरू जन्माउनेको रूपमा ख्याति कमाएको छ। पहिलो ’होस्टेल’ चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ’होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला जस्ता कलाकारले डेब्यु गर्दै नेपाली चलचित्रमा सफलता हासिल गरेका थिए। वि.सं. २०७० सालमा रिलिज भएको ’होस्टेल’ र २०७२ मा रिलिज भएको ’होस्टेल रिटर्न्स’ घरेलु बक्स अफिसमा सफल भएका थिए।

’होस्टेल ३’ को कथा माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक कँडेलकै हो। यसलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दै छ। कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह–निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ४ : १५ बजे