१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्से परिसूचकमा उच्च अंकको वृद्धि



२७ भदौ । लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार भने उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७८.१७ अंकले उकालो लागेर २६८८.३८ को विन्दुमा कायम भएको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.४० अंकले उकालो लागेर ४७८.४८ मा पुगेको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको शेयर मूल्य भने घटेको छ।

कुल एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार विन नेपाल लघुवित्त, ग्रिन भेञ्चर्स लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एशियन हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन्।

थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ। सानिमा लार्ज क्याप फन्ड ८.४९, आरबीबी म्युचुअल फन्ड दोस्रो ४.०१, सनराइज फस्ट म्युचुअल फन्ड ३.७१ र सानिमा ग्रोथ फन्डका लगानीकर्ताले ३.६५ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।