१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एकै पटक १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयाे(सूचीसहित)



२७ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सयभन्दा बढी पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको पदस्थापन गरेको छ । मन्त्रालयले नयाँ शाखा अधिकृतहरुलाई विभिन्न पालिकामा पदस्थापन गरेको हो । लामो समयदेखि प्रशासकीय अधिकृत रिक्त रहेका पालिका निमित्तको भरमा चलिरहेका थिए ।

मन्त्रालयले निमित्तको भरमा चलेका पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो । मन्त्रालयका अधिकारीहरुका अनुसार मर्स्याङ्दी गाउँपालिका लमजुङमा राजु ज्ञवाली, डोटीको सायल गाउँपालिकामा बद्रीनाथ पोखरेल, काभ्रेको भुम्लु गाउँपालिकामा सुवर्ण खनाल, पर्वतको विहादी गाउँपालिकामा ऋषिराम घिमिरे, वैतडीको शिवनाथ गाउँपालिकामा सरोज पाण्डे, प्युठानको झिमरुक पालिकामा कृष्णबहादुर थापा, दैलेखको भगवतीमाई गापामा नारायणजंग पाण्डे पदस्थापन भएका छन् ।

त्यसैगरी, सुर्खेतको चौकुनेमा नगेन्द्र प्रसाद रिजाल, तेह्रथुमको मेन्छयायेममा संगम पौडेल र रोल्पाको रुन्टीगढी गाउँपालिकामा धनी प्रसाद खड्का पदस्थापना भएका छन् ।

यता, विशाल घिमिरे सोलुखुम्बुको नेचासल्यान, कृष्ण देवकोटा नुवाकोटको दुप्चेश्वर, रुद्रहरी पुरी बाँकेको डुडुवा, जीवन घिमिरे खोटाङको जन्तेढुंगा, द्वारिका ओझा सिन्धुपलाञ्चोकको बलेफी र प्रदिपराज भण्डारी हेलम्वुमा पदस्थापन भएका छन् ।

नुवाकोटको तादीमा अनिल अंगाई, अछामको मेल्लेखमा नवराज वली, अटल प्रकाश पुरी काभ्रेको चौरी देउराली, सरोज उपाध्याय रसुवाको गोसाइकुण्ड, शरद गौतम सोलुको सोताङ, दमन दाहाल दैलेखको नौमुले, प्रविना आचार्य नुवाकोटको तारकेश्वर, यादव भट्टराई बझाङको तालकोट, मोना झा सप्तरीको–रुपनी र काभ्रेको खानी खोलामा विमल रिजाल पदस्थापन भएका छन् । जीवन सुवेदी खोटाङको साकेला, ज्योती कुमारी बोहरा बैतडीको सुर्नया र ताप्लेजङुको मिक्वाखोला विमल गौतम पदस्थापन भएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।