२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कीर्तिपुरको मासु पसलबाट डेढ किलो गाँजा बरामद



२८ भदौ । कीर्तिपुर नगरपालिका–८ पाँगास्थित एक मासु पसलबाट प्रहरीले डेढ किलो गाँजा बरामद गरेको छ ।

पाँगामा रहेको ‘युनिक एण्ड युनिशा मिट सप’बाट १ किलो ४९४ ग्राम गाँजा प्रहरी वृत्त कीर्तिपुरको टोलीले बरामद गरेको हो । गाँजाका साथै नियन्त्रित लागुऔषध ट्रामाडोल १२० पत्ता, नाइट्राभेट पनि बरामद गरिएको छ ।

प्रहरीले मासु पसलका सञ्चालक धादिङको सिद्धलेख गाउँपालिका–३ चालिसेका ३० वर्षीय विष्णु श्रेष्ठसहित चार जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ३२ बजे