१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘शाम्बाला’ नेपालबाट ओस्कार अवार्डमा जाने



आवेदन दिने विहिबार अन्तिम मिति रहेको र शाम्बाला बाहेक अन्य कुनैपनि चलचित्रले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ

काठमाडौं
२८ भदौं । मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ ।

नेपालबाट ओस्कारका लागि शाम्बाला चलचित्रले मात्र आवेदन दिएपछि अब यो चलचित्र ओस्कारका लागि शिफारिस हुने निश्चित बनेको हो ।

आवेदन दिने विहिबार अन्तिम मिति रहेको र शाम्बाला बाहेक अन्य कुनैपनि चलचित्रले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । नेपालको छनोट समितिले चलचित्रलाई आगामी नोभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ ।

ओस्कार अवार्डको ९७औं संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस–एन्जलसमा आयोजना हुँदैछ ।

यस अघि विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव समेत प्रदर्शन भएर प्रशंसा बटुलेको ‘शाम्बाला’ शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन भएको छ ।
यस चलचित्रको केहि दिनअघि मात्र काठमाडौँमा बलिउडका चर्चित अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यपको उपस्थितिमा प्रिमियर गरिएको थियो ।

 

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।