१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यले बनायो नयाँ रेकर्ड



३० भदौ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्यले, यस दिन सो रेकर्ड तोडेर अर्को नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ। सुनको यो मूल्य हालसम्मकै उच्च हो। गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको हो।

यस दिन चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन अर्थात शुक्रबार, तोलाको १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

 

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।