२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


सहकारी बेथिती १ : श्रीलालीगुराँस सहकारीको अवस्था जटिल



धेरै ऋण चिनजानका मान्छेको नाममा देखिएको छ । कतिपय मैले ऋणै लिएको छैन भन्दै आएका छन्

 

ललितखबर
१७ भदौं । गएको चैत्र ४ गते ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारीमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितीले कर्मचारी बाहिर निकालेर ताल्चा लगायो । सहकारी मन्त्रालयले फागुन २९ गते सहकारी खारेजीको निर्णयसँगै सहकारीको सम्पती खोजी र लिलामी गरेर बचतकर्ताको रकम फिर्ताको प्रकृया सुरु भयो ।
अनुसन्धानको क्रममा व्यवस्थापन समितीले श्रीलालीगुराँसको अवस्था जटिल रहेको फेला पारेको छ । सूचना अधिकारी विष्णुप्रसाद गौत्तम सहकारीको अवस्था समस्याग्रस्त घोषणा भएको भक्तपुरस्थित सूर्यदर्शन सहकारीको जस्तै धेरै समस्या रहेको पाइएको बताउछन् ।

समस्यागञ्स्त सहकारी व्यवस्थापन समिती परिसरमा भण्डारी ।

उनले भने, ‘धेरै ऋण चिनजानका मान्छेको नाममा देखिएको छ । कतिपय मैले ऋणै लिएको छैन भन्दै आएका छन् ।’
देशभरका सहकारी डुव्न थालेपछि सरकारले सासंद सूर्य थापाको संयोजकत्वमा संसदीय छानविन समिती बनाएको छ । सो समितीमा भण्डारी बयान दिन गए । सहकारी आफूले सम्हाल्न सक्ने अवस्था रहेको दाबी गर्दै सरकारले खारेज गरेको भन्दै गुनासो गरे । भने, ‘सबै कुरा समस्याग्रस्त सहकारी व्यवस्थापन समितीलाई सोध्नुस् । कार्यालय उनीहरुकै नियन्त्रणमा छ ।’
संसदीय छानविन समितीसँगको बयानका क्रममा भण्डारीले धेरै कुरा आफूलाई थाहा नभएको बताएका थिए । सहकारीको समस्या आफूहरु समाधान गर्नसक्ने अवस्थामा समस्याग्रस्त सहकारी व्यवस्थापन समितीले जिम्मा लिएको भन्दै सबै कुरा उनीहरुलाई नै थाहा होला भन्दै भण्डारी पन्छिएको समितीका सदस्य रहेका सासंदवालाहरु बताउछन् ।

 

समय सकिएपछि १० दिन थप्छौं । अनि धितो लिलामीको प्रकृयामा गएर पैसा असुल्छौं

समतीका अध्यक्ष श्रीमणकुमार गौत्तम पनि अध्यक्ष भण्डारीले रकम अपचलन गरेको कारण सहकारीका तत्कालीन प्रमुख कार्यकारी सुरेन्द्र भण्डारीले पोल खुल्ने डरले मुद्दामामिला गरेर सरकारी निकायलाई अलमलमा राख्न खोजेको बताउछन् । अध्यक्ष गौत्तमलाई भण्डारी नेताको ढोका चार्हदै भनसुन गरेको मन परेको छैन । उनलाई यस्ता गतिविधिका कारण सहकारीको समस्या सुल्झनेभन्दा पनि थप विग्रने अवस्थामा पुग्ने चिन्ता रहेको बताउछन् ।
सहकारी खारेजीको निर्णयसँगै प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले आफ्नो केही सिप लाग्ने देखेपछि अदातलमा मुद्दा हाले । नेताको घरदैलो धाउन थाले । जुन आजपर्यन्त जारी छ ।

समय फल्चा ।

हुन पनि व्यवस्थापन कार्यालयले झण्डै ६ महिना पुरा हुँदासम्म न ऋणीको ऋण उठाएको छ न बचत कर्ताको पैसा नै फिर्ता दिएको छ । बचतकर्ताले धेरथोर पैसा लिइरहेको अवस्थामा सहकारी बन्द गरियो ।

सहकारी घाटामा गएको अवस्थामा ठूला बचतकर्ताको सबै पैसा फिर्ता नहुन पनि सक्छ । दामासाहीले घाटा व्यर्होन पर्ने अवस्था पनि आउन सक्छ । उनका अनुसार शेयर किन्ने ग्राहकहरुको पैसा फिर्ता हुने सम्भावना ज्यादै न्युन छ । सरकारको कर दायित्व व्यहोरेपछि सम्पती रहेको खण्डमा मात्रै शेयरधनीले पैसा पाउछन् । नत्र घाटा देखाएर हिसाव मिलान हुन्छ

व्यवस्थापन कार्यालयका अध्यक्ष श्रीमणकुमार गौत्तम आफूहरु ऋण उठाउने प्रकृयामै रहेको बताउछन् । उनी भन्छन्, ‘सबै कानूनी प्रकृया पुरा नगरि ऋण असुल र धितो लिलामी गर्न सकिन्न । नत्र मुद्दा पर्छ । काम गर्न बाधा हुन्छ । झमेला हुन्छ ।’
अध्यक्ष गौत्तमले सबै ऋणीलाई मोवाइलको एसएसएस गरेर ३५ दिनभित्र पैसा फिर्ता गर्न अल्टिमेटम दिएको ललितखबरलाई जानकारी दिए । भने, ‘समय सकिएपछि १० दिन थप्छौं । अनि धितो लिलामीको प्रकृयामा गएर पैसा असुल्छौं ।’
अध्यक्ष गौत्तम ४ देखि ५ महिनासम्म केही बचतकर्ताको पैसा फिर्ता गर्ने अवस्थामा पुग्ने अनुमान गरे । उनका अनुसार पहिले १ लाखभन्दा थोरै बचत गर्नेहरुको पैसा फिर्ता गर्ने कार्ययोजना सुनाए ।
व्यवस्थापन कार्यालयले क्रमशः ठूला बचतकर्ताहरुको पैसा फिर्ता गर्ने हुँदा सहकारीको हिसाव फरफरक गर्न बर्षै लाग्ने अवस्था आउने उनको भनाई छ ।
भन्छन्, ‘सहकारी घाटामा गएको अवस्थामा ठूला बचतकर्ताको सबै पैसा फिर्ता नहुन पनि सक्छ । दामासाहीले घाटा व्यर्होन पर्ने अवस्था पनि आउन सक्छ । उनका अनुसार शेयर किन्ने ग्राहकहरुको पैसा फिर्ता हुने सम्भावना ज्यादै न्युन छ । सरकारको कर दायित्व व्यहोरेपछि सम्पती रहेको खण्डमा मात्रै शेयरधनीले पैसा पाउछन् । नत्र घाटा देखाएर हिसाव मिलान हुन्छ ।’

 

समितीलाई सहयोग गरेर बचतकर्ताको सबै रकम फिर्ता गर्नुको विकल्प छैन

भण्डरीलगायत केही पदाधिकारीहरुलाई बचतकर्ताको उजुरी गरेपछि केही समयअघि पक्राउ गरिएको थियो । भण्डारी धरौटीमा छुटेपछि अहिले सहकारीको समस्या आफूले नै मिलाउन सक्ने भन्दै नेता र शक्तिकेन्द्रको घर दैलो धाउन थालेका छन् ।
भण्डारीले समस्याग्रस्तको कार्यालयमा दुई बर्षभित्र सबैको हिसाव मिलाइदिने कार्ययोजना समेत भर्खरै पेश गरेका छन् । तर अध्यक्ष गौत्तम ६ महिनादेखि १ बर्षभित्र कारोबार फरफरक गर्ने गरि योजना ल्याउन आफूले निर्देशन दिएको बताउछन् । केही दिन अघि संसदीय समितीलाई कागजात बुझाउनका लागि फोटोकपीको माग गर्दै उनी बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समिती पुगेका थिए ।
सम्पती अलप
सहकारीको ओरालो यात्रा पुल्चोकस्थित मुख्य कार्यालय अगाडि फल्चा निर्माणसँगै सुरु भयो । ललितपुर महानगरले समय् फल्चा निर्माण गर्ने योजना अघि बढाएपछि भण्डरी र चिरिबाबुबीच इगोको लडाई सुरु भयो । नेपाली काँग्रेसका सहकारी विभागमा रहेर काम गरिरहेका भण्डारीले आफ्नो शक्ति प्रर्दशन गर्न घरदैलो गरेपछि मेयर महर्जनले बल प्रयोग गरेर समय् फल्चा पुरातात्विकभन्दा फरक ढंगले सहकारीको ढोका छेक्ने गरेर बनाए । सहकारीको व्यावसायिक रुपमा भाडा आउन बन्द भयो ढोका थुनिएपछि भाडामा गएन ।
लाली गुराँसलाई समस्याग्रस्त घोषणा गरेपछि सहकारीले लगानी गरेको करिव ३ अर्व सम्पती अलपत्र गरेको छ । सातदोबाटोस्थित लालीगुराँस अस्पतालको ढोकामा ताल्चा झुण्डाएको छ । डेरी बन्द छ । समितीले गाईफाम चलाउन दिएको छ भने कलेजको विवरण मागेको छ । सरकारीले सञ्चालन गरेको एकाध व्यावसाय बाहेक सबैजसो घाटा देखाइएको छ । सञ्चालनमा रहेका व्यावसाय समेत लामो समयदेखि बन्द गरेको कारण कौडीको भाउमा बेच्नुपर्ने अवस्था आएको छ ।

कार्यकारी अधिकृत भण्डारी ।

चलाखी केही काम नलाग्ने
समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयका सूचना अधिकृत विष्णु अधिकारी लालीगुराँस सहकारीमा धेरै कारोबारको नक्कली ऋणी भेटिएको बताए । कागजात मिलाएर सञ्चालक भण्डारीले धेरै पैसा चलाएको पाइएको छ । उनका अनुसार सहकारीका संचालक र अध्यक्ष, कोषाध्यक्षलाई गुमराहमा पारेर धेरै कारोबार गरिएको छ । कतिपय नीतिगत निर्णय गरेर व्यक्तिगत लाभका काम भएका छन् । ती सबै रहस्य खुल्ने डरले भण्डारी सकेसम्म सहकारीको कारोबार आफ्नै नेतृत्वमा होस भन्ने चाहन्छन् । तर अदालत, प्रशासन र कर्मचारीले सहकारीको कारोबार पुनः भण्डारीको नेतृत्वलाई दिन तयार छैन ।
भण्डारी नेपाली काँग्रेस पार्टीको राजनीतिक पहुँच प्रयोग गरेर फेरि सहकारीमा हालीमुहाली गर्ने दाउमा रहेको बचतकर्ताको आरापे छ । उनीहरुका अनुसार सरकारमा नेपाली काँग्रेस आएसँगै उनी चल्मलाएका हुन् । तर समितीका अध्यक्ष गौत्तम चलाखी प्रयोग गरेर केही नहुने बताउछन् । ‘समितीलाई सहयोग गरेर बचतकर्ताको सबै रकम फिर्ता गर्नुको विकल्प छैन’ उनी भन्छन् ।

२०औं साधारण सभा ।

चलखेलका कारण सहकारीको समस्या थप बल्झने, ऋणीहरुको व्याज बढ्ने र उठाउन कठीन हुने, रकम फिर्ता नहुँदा अर्थतन्त्र चलायमान नहुँदा समस्या बढ्ने समितीका कर्मचारीहरुको बुझाई छ ।
श्रीलालीगुराँस सहकारीको कारोबार हेरिरहेका समस्याग्रस्तका कर्मचारी कमल अर्यालका अनुसार सहकारीको बचत ७ अर्व देखिएको छ । सहकारीले ४ अर्ब ऋण दिएको छ भने आन्तरिक लगानी करिव ३ अर्व रहेको छ । जसबाट कलेज, अस्पताल, डेरी र कृषि फाम लगायतको उद्यम सहकारीले सञ्चालन गरेको छ ।
सहकारीको ऋण नतिरे समस्यै समस्या
सहकारीको ऋण नतिरे ऋणीलाई समस्या पर्ने देखिएको छ । सरकारी निकायले एक्सन लिदा समेत ऋण नतिरे बचतकर्ताको लिलामी प्रकृया सुरु हुने, बैंक खाता बन्द हुने समस्याग्रस्त, कालोसूचिमा राखिने हुँदा कुनै पनि सरकारी काम गर्न नसक्ने अवस्था आउछ । समितीका कर्मचारी अर्याल चाडै ऋणीहरुले ऋण नतिरे सम्पती लिलामीसँगे कालो सूचिमा नाम राख्ने बताए ।
सहकारीमा प्रमुख कार्यकारी अधिकृत भण्डारीसँग आरोपबारे बुझ्न खोजेपनि उनी सम्पर्कमा आउन चाहेनन् ।
बचतकर्ता छैनन् एकजुट
तुलनात्मक रुपमा लाली गुराँस सहकारीका बचतकर्ता एकजुट नहुँदा सहकारीको झमेला सुल्झन सकेको छैन । केही ठूला बचतकर्ता भनसुन र नेताहरुको ढोका चार्हदै शक्तिको प्रर्दशनमा छन् । केही बचतकर्ता आन्दोलनमा पुग्छन् भने केही बचतकर्ता समस्याग्रस्त सहकारीमा धाउछन् । तर भण्डारी चलखेलले सहकारीको समस्या जहाँको त्याँही रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितीका एक कर्मचारीले नाम उल्येख नगर्ने शर्तमा बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ५ : ५० बजे