२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति लोकपथलाई राष्ट्रिय राजमार्गको मापदण्ड तोकिएको भन्दै स्थानीय आन्दोलित



३१ भदौ । एकान्तकुना–टीकाभैरव हुँदै हेटौंडा जोड्ने गरी बनिरहेको कान्ति लोकपथलाई राष्ट्रिय राजमार्ग बनाएर आफूहरुलाई सुकुम्बासी बनाउन लागेको भन्दै स्थानीयहरु आन्दोलित बनेका छन् ।
लोकपथ हुँदा दायाँ–बायाँ २२ मिटर मापदण्ड रहेकोमा हाल राष्ट्रिय राजमार्गको हवाला दिंदै ६२ मिटर मापदण्ड कायम भएपछि उनीहरु आन्दोलित बनेका हुन् । सरकारले २०७६ सालमै कान्ति लोकपथलाई राष्ट्रिय राजमार्ग बनाउने निर्णय गरे पनि हालसम्म स्थानीयसँग लुकाएको प्रभावित क्षेत्रका विदुर खड्काले आरोप लगाए । उनीहरुले २०७६ जेठ ६ गते भएको मन्त्रिपरिषद्‍को निर्णय खारेज गर्न पनि माग गरेका छन् ।

काठमाडौंलाई तराईसँग जोड्ने गरी विस्तार भइरहेको कान्ति लोकपथ निर्माण भइरहेको छ । उक्त सडकखण्डअन्तर्गत पर्ने एकान्तकुना–टीकाभैरव क्षेत्रमा नयाँ मापदण्ड लागू भए करिब २ हजार परिवार घरबारविहीन हुनुपर्ने खड्काको दाबी छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।