३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘खुस्मा’को प्रिमियरमा प्राबिधिक समस्यापछि केहीबेर विथोलियो



ललितखबर
२ असोज । चलचित्र ‘खुस्मा’को (बिशेष प्रर्दशनी)प्रिमियरको क्रममा चलचित्रको फाइलमा समस्या आएपछि केही समय दर्शक रोकिनु परेको छ ।
मंगलबार साँझ राजधानीको कमल पोखरीस्थित एक चलचित्र भवनमा प्रिमियरको आयोजना गरिएकोमा चलचित्रको फाइलमा समस्या आएको भन्दै निर्माण पक्षले चलचित्र रोकेको हो ।
चलचित्र ठिक ६ बजे प्रर्दशन सुरु गरिएकोमा मध्यान्तरसम्म दृश्यको रंग (कलर)फिक्का देखिएको थियो । चलचित्रको वास्तविक कलर नआएको भन्दै निर्माण पक्षले करिव आधा घण्टासम्म दर्शकलाई कुराएको थियो ।
निर्माण पक्षले समस्या सुल्झाएर चलचित्रको फाइल पुनः मनाएर चलचित्र देखाएको थियो ।
चलचित्रका निर्देशक अशोक थापाकगरले चलमा माइलबाट बोल्दै प्राविधिक समस्या आएको भन्दै केही समय कुर्न दर्शकलाई आग्रह गरेका थिए ।
चलचित्र भवनको दुई हलमा प्रर्दशन गरिएकोमा दुबैमा सो समस्या देखिएको थियो ।
चलचित्रको प्रर्दशन मिती पहिले नै तोकेर काम सुरु गर्दा हतारमा काम गर्दा यस्तो समस्या दोहोरिएको समिक्षकहरुले बताएका छन् ।
चलचित्र निर्माणको क्रममा थुप्रै प्राविधिक चरण पार गर्दै जाँदा प्रिमियरसम्म आउँदा काम सक्न हम्मे हम्मे पर्ने गरेको छ ।
केही महिना अघि चलचित्र रंगेलीको प्रिमियरमा आवाज नसुनिएपछि प्रिमियरमा सहभागी आगन्तुकले ३ घण्टा कुरेर चलचित्र हेरेका थिए ।
चलचित्र रावायणको प्रिमियरमा पनि सोही समस्या दोहोरिएपछि दुई घण्टासम्म दर्शकलाई कुराएर चलचित्र देखाइएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  २ : ३२ बजे