२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गृह मन्त्रालयद्वारा १२ जिल्लामा सीडीओको सरुवा



२ असोज । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृह मन्त्रालयको असोज २ गतेको निर्णयअनुसार सरुवा/पदस्थापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा तुलसीप्रसाद दाहाल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, मोरङको सहायक प्रमुख जिल्ला अधिकारीमा विनोदकुमार पोखरेल, मुगुमा कमलप्रसाद पाण्डेलाई सरुवा गरिएको छ ।

सुर्खेतको सहायक सीडीओमा टोपेन्द्रबहादुर केसी, रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैशी, हुम्लामा नारायण पाण्डेय, गोरखाको सहायक सीडीओमा सुवासकुमार लामिछाने, मुस्ताङमा विष्णुप्रसाद भुसाल, ओखलढुंगाको सहायक सीडीओमा वेदनिधि खनाल, रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाही, ईलाका प्रशासन कार्यालय चन्द्रौटामा घनश्याम न्यौपाने, बाँकेको सहायक सीडीओमा खडानन्द खत्री, तनहुँमा जितबहादुर भण्डारी, अर्घाखाँचीको सहायक सीडीओमा लालबहादुर गुरुङ, पर्साको सहायक सीडीओमा सुमन कुमार कार्की, जाजरकोटको सहायक सीडीओमा बन्दना केसी, मकवानपुरको सहायक सीडीओमा धोलकराज ढकाल, सुनसरीको सहायक सीडीओमा लोकमान श्रेष्ठ, ईलाका प्रशासन कार्यालय फर्पिङमा नवराज पौडेल, सल्यानमा ज्ञाननाथ ढकाललाई सरुवा गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।