३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सर्वसाधारणका लागि धरहरा खुल्ला, तत्कालका लागि निःशुल्क



३ असोज ।  सर्वसाधारणका लागि धरहरा खुलेको छ । संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि धरहरा खुलाइएको छ । तत्कालका लागि धरहरा प्रवेशमा कुनै शुल्क लाग्ने छैन ।

२०७२ बैशाख १२ को भूकम्पका कारण ढलेको धरहरा ९ वर्षपछि सर्वसाधारणका लागि खुलेको हो । २०७२ मा ढलेको धरहराकै छेउमा नयाँ धरहरा बनाइएको छ ।

हालसम्म धरहराको ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा धरहरा निर्माण सुरु गरिएको थियो । अहिले पुनः उनी नै प्रधानमन्त्री हुँदा सर्वसाधारणका लागि धरहरा खुलाइएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ५ : २५ बजे