३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


र्कितिमानी मूल्यबृद्धिपछि सुन लगातार ओरालो लाग्दै



 

काठमाडौँ
३ असोज । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि रु एक लाख ५५ हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ८० निर्धारण भएको छ ।

 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ६ : ०९ बजे