१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउमा उतार चढाव : शुक्रबार १५ सयले बढ्यो



४ असोज । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँ बढेको छ।

बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५७ हजार एक सय निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १५ निर्धारण भएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।