५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धुलिखेलमा वीपी कोइरालाको शालिक



५ असोज । धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको पूर्णकदको शालिक निर्माण गरिएको छ । धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा निर्माण गरिएको उक्त शालिकको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गरे ।
ढलौटबाट निर्माण गरिएको र लागत १५ लाख रुपैयाँ रहेको निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य जीतकृष्ण श्रेष्ठले जानकारी दिए । यो शालिकको २०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेका थिए ।
आफू प्रधानमन्त्री भएका बेला बीवी कोइरालाले २०१६ सालमा हालको वीपी राजमार्गको परिकल्पना गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ३ : ५९ बजे