६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सुन भाउमा फेरि नयाँ ‘रेकर्ड’



६ असोज । आइतबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज १ लाख ५८ हजार ८ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो। यो हालसम्मकै सर्वाधिक मूल्य हो। यसअघि भदौ ३१ मा सुन १ लाख ५७ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कीर्तिमान बनेको थियो।

महासंघका अनुसार आइतबार तोलामा १ हजार ७ सय रुपैयाँले मूल्य बढेको छ। शुक्रबार १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। चाँदी आज १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ०८ बजे