३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिणकालीबाट जुवातास खेलिरहेका सात जना पक्राउ



६ असोज । काठमाडौँ दक्षिणकाली नगरपालिका-३ पिखेल बस्ने जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय दिपक कुमार केसी समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ९ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।