१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पूर्वडीआईजी छविलाल जोशी पक्राउ,पोखरा लगिँदै



६ असोज । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडे पक्राउ परेका छन्। उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो। सहकारी ठगी प्रकरणमा जोडिएका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौँ प्रहरीले पक्राउ गरेको हो।

सहकारीको रकम अपचलन बारे छानविन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन बुझेकै दिन प्रहरीले जोशीलाई पक्राउ गरेको हो। समितिले जोशीलाई पनि कानुनी दायरामा ल्याउन सिफारिस गरेको थियो।
जोशीलाई पोखरा लगिँदैछ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।