३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जुवा खेल्दै गरेको अवस्थामा ठूलो रकमसहित सात जना काठमाडौँबाट पक्राउ



७ असोज । ‘फिस सुट गेम’मा ठूलो रकमको हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँबाट प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली, चिनियाँ र भारतीय नागरिक छन् ।

चीनको तिब्बतस्थित आम्दो घर भएका २४ वर्षीय सोनाम तामाङ, तिब्बतस्थित ल्हासा घर भएका ३० वर्षीय नोर्बु साम्देन, तिब्बतस्थित सिगाचे घर भएका २७ वर्षीय दासाङ, चीनको सिचुवान प्रान्त सिनुहा टाउन घर भएका ४५ वर्षीय विई चुनलिन, भारतीय नागरिक जाम्पा खेदुप, नेपालीहरु काठमाडौं(६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका(४ घर भएका ३५ वर्षीय लोप्साङ लामा पक्राउ परेका हुन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट १२ लाख १ हजार रूपैयाँ, चाइनिज युआन ३ हजार १ सय, अमेरिकन डलर २ हजार र विभिन्न कम्पनीका मोबाइल ७ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो समूहले बौद्ध तीनचुलीस्थित पुष्पा लामाको घर भाडामा लिएर दोस्रो तलामा ‘गेम जोन’ भन्दै ‘फिस सुट गेम’को नाममा हारजित हुने गरी जुवा खेलाएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । उनीहरू जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको उनले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।