८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


गायिका समीक्षा अधिकारीलाई डेंगु संक्रमण



८ असोज । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ । उनी आफैंले आफूलाई डेंगी पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

समीक्षा पछिल्ला दिनमा व्यस्त गायिकामा पर्छिन । मेला महोत्सवदेखि स्टेज कार्यक्रममा उनको डिमाण्ड बढ्दो छ । तीजको अवसरमा जापान र अष्ट्रेलिया लगायतका देशमा आफ्नो प्रस्तुति दिएर फर्किएकी उनी केही दिनमा अमेरिका जाने कार्यक्रम छ ।

पछिल्ला दिनहरूमा काठमाडौंलगायत देशभर डेंगीका संक्रमण तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : १८ बजे