८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सार्वजनिक जग्गा कब्जा गरेर पाठशाला स्कुलले बनाएको पार्किङ वालमा महानगरले टाँस्यो सूचना



८ असोज । थापागाउँमा पाठशाला स्कुलले कब्जा गरेको सार्वजनिक जग्गाले काठमाडौँ महानगरपालिकाले नयाँ सूचना टाँसेको छ । बारम्बार प्रयास गर्दा पनि सरोकारवालाले पत्र बुझ्न नमानेपछि पाठशालाले बनाएको पार्किङ वालमा सूचना टाँस गरिएको हो ।

किर्ते गरेर सार्वजनिक जग्गा आफ्नो नाममा बनाएका स्थानीय प्रेमरमण उप्रतीविरुद्ध काठमाडौं-१० बस्ने भानुप्रताप शाहसमेत ५ जनाले फिल्डबुक प्लट रजिस्टर तथा श्रेस्ता उपलब्ध गराइदिन भन्दै महानगरमा उजुरी गरेका थिए ।

उक्त उजुरीमा हाल कित्ता नम्बर १२७ को जग्गा सरकारी/सार्वजनिक भए/नभएको सम्वन्धमा एकिन गर्न २०२२ सालको नक्सा तथा साविक कित्ताको श्रेस्ता र फिल्डबुक तथा रजिस्टर उतार गरी पठाउन अनुरोध गर्दै महानगरको कानून तथा माअवअधिकार विभागमा सक्कल फाइल प्रेषित भएको थियो ।

प्रेमरमण उप्रेतीका नाममा जारी सूचनामा ७ दिनभित्र लिखित जवाफ सहित कार्यालयमा उपस्थित हुन भनिएको छ । अन्यथा कानून बमोजिम हुने जनाइएको छ । स्मरणीय छ कि सार्वजनिक जग्गालाई आफ्नो नाममा बनाउन सफल प्रेमरमण उप्रतीले सोही स्थानमा रहेको पाठशाला स्कुललाई जग्गा भाडामा दिएका छन् । सो स्कुलले यो जग्गामा घेराबेरा गररी आफ्नो बस पार्किङका लागि प्रयोग गरिरहेको छ ।

महानगरपालिकाले यसअघि नै पाठशालाले बनाएको संरचना भत्काउने तयारी गरेको थियो । तर, पाठशालाको दवावमा उप्रेतीले अदालत गएर निषेधाज्ञा ल्याउन सफल भए । उच्च अदालत पाटनले अन्तिम निर्णय नआउँदासम्म जग्गामा हस्तक्षेप नगर्न अन्तरिम आदेश दिएपछि महानगर रोकिएको थियो । यो मुद्दा अझै पनि किनारा लागेको छैन ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ४ : ०२ बजे