१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना



८ असोज । ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना भएको छ। जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत निकायले मंगलबार गरेको अनुगमनमा सो क्याफेले न्युनतम मापदण्ड मिचेको पाइएको हो।

अनुगमनका क्रममा क्याफेको खाद्य पदार्थ डस्टबिनसँगै भेटिएको उद्योग वाणिज्य कार्यालय ललितपुरका अनुगमन अधिकृत सन्जय थापाले जानकारी दिए।
यस्तै बजार अनुगमन टोलीले मानभवनमा रहेको जोइन्ट बार एन्ड ग्रिललाई पनि १० हजार जरिवाना तिराएको छ।
३५ रुपैयाँको बोतलको प्रोसेस पिउने पानीलाई सयमा बेचेको भेटिएपछि कारबाही गरेको अनुगमन अधिकृत थापाले बताए। दर्ता प्रमाणपत्र नभएको, प्यान/भ्याटमा दर्ता नभएको सामान्य बिलबिजक पनि जारी नगरेको पाइएको छ। दर्ता नगरेसम्म अब बिक्रीवितरण पूर्णरुपमा रोक लगाइएको उनले बताए।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ५ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।