१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


४९ अंकले बढ्यो नेप्से, कारोबार ४ अर्बमा खुम्चियो



९ असोज । बुधबार भने सेयर बजार बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४९.१८ अंकले बढेको हो । यो सँगै नेप्से २५१९.५७ बिन्दुमा उक्लिएको छ ।

आज कारोबार रकम भने घटेको छ । यस दिन ३२७ कम्पनीको ६९ हजार ४१८ पटकको कारोबारमा एक करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँमा किनबेच भएको छ ।

आज म्युचुअल फण्ड बाहेक अन्य सबै उपसूचकमा हरियाली छाएको छ। बजार बढ्दा २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत, थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेका छन्।

ङादी ग्रुप पावरको सार्वाधिक १५ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ हिमालयन हाइड्रोपावर, स्वरोजगार लघुवित्त लगायत कम्पनीको सेयर मूल्य घटेका छन्।

 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १० : २० बजे