९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका मेयर महर्जन भन्छन्-महानगरलाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौँ



९ असोज । ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरीबाबु महर्जनले बताएका छन् ।
ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियानकाे आज शुभारम्भ गर्दै मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि चार मिनेटभित्र दमकललगायतका सामग्री पुर्‍याई सक्नेगरी योजना तय गरिएको बताए

मेयर महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कामहरू राम्रोसँग अघि बढाएको दाबीसमेत गरे । उनले विपद् व्यवस्थापनका लागि पुल्चोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि चार वटा सबस्टेशन बनाउने गरी अध्ययन भइरहेकाे र त्याे कामलाई चालू आर्थिक वर्षबाटै शुरू गर्ने जानकारी दिए ।

मेयर महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्रभित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै पालिलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको बताए ।

 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १२ : ०६ बजे