९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


निरन्तरको बर्षापछि वागमतीलगायत नदिमा बाढीको जोखिम(सूचिसहित)



११ असोज । देशका केही नदीहरूमा आइतबारसम्म बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म जोखिम बढ्ने भएकोले सतर्क रहन अपिल गरेको हो ।

मुख्य गरी शुक्रबार र शनिबार केही नदीहरूमा बाढीको जोखिम उच्चदेखि अति उच्चसम्म हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार नारायणी, कन्काई, कमला नदी र वाग्मती नदीमा बाढीको उच्च जोखिम छ । शनिबार नारायणी, वाग्मती, पश्चिम राप्ती र बबइ नदीमा अति उच्च जोखिम रहेको छ ।

आइतबार भने यी नदीहरूमा पानीको वहाब कम हुँदै जाने महाशाखाले जनाएको छ ।

देशका धेरै ठाउँमा आज लगातार झरी परिरहेको छ । शनिबारदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने मौसम पूर्वानुमान छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : २७ बजे