१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


बागमती प्रदेशका जिल्लाहरूमा बाढी, पहिरोबाट सबैभन्दा धेरै क्षति



१२ असोज । लगातारको वर्षा र बाढीले ठुलो जनधनको क्षति गरेको छ । बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेस प्रदेशमा गरी अहिलेसम्म कूल ६६ जनाले ज्यान गुमाएका छन्, ६० जना घाइते भएका छन् भने ६९ जना अझै बेपत्ता भएका छन् । सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा भएको छ ।
शनिवार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले पत्रकार सम्मेलन मार्फत विभिन्न स्थानमा भएको क्षतिको विस्तृत जानकारी गराएका छन् ।

बाढी पहिरोबाट काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । उपत्यकाभित्र काठमाडौँमा ९ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् भने उपत्यकामा कूल ११ जना घाइते भएका छन् । उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशमा २३ जनाको मृत्यु भएको छ, जहाँ ३५ जना घाइते र ४० जना बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते र ८ जना बेपत्ता भएका छन् । मधेस प्रदेशमा पनि १ जनाको मृत्यु, २ जना घाइते र ४ जना बेपत्ता भएका छन् ।

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : २९ बजे