१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


आज काठमाडौँ उपत्यकामा वर्षकै सर्वाधिक वर्षा



काठमाडौँ
१२ असोज । आज काठमाडौँ उपत्यकामा वर्षकै सर्वाधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको छ ।
यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो ।
महाशाखाका अनुसार ललितपुरको चापागाउँमा ३२३ मिलिमिटर वर्षा भएकोे छ । सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएको महाशाखाको रेकर्ड थियो ।
आज साँझ जिरीमा ११२.४, जनकपुरमा १००, लुम्लेमा ११३.३, धरानमा १७७.६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०.१ काठमाडौँमा १९४, सिमरा १२० र भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ ।
उपत्यकाका रहेका अन्य नौ मापन केन्द्रमा पनि आज धेरै वर्षा भएको थियो । महाशाखाको यो प्रारम्भिक रिपोर्ड हो । विस्तृत विवरण पछि सार्वजनिक गरिने बताइएको छ ।
बाढीका कारण देशभरमा अहिलेसम्म ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । आज साँझबाट भने मौसममा केही सुधार आएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ०४ बजे