१३ आश्विन २०८१, आइतबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा आइतबार एकै दिन तीन जना मृत फेला



ललितपुर
१३ असोज । राजधानीमा आइतबारएकै दिन तीन जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु शंखादेवी बस्ने ४० वर्षीया लिलादेवी थापा सोही नगरपालिका–८ स्थित नेपालचौरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
ललितपुर महानगरपालिका–३ सानेपा मनमोहन पार्क फोहोर मैला डम्पिङ साइडमा झापा कमल गाउँपालिका–१ घर भएका २८ वर्षीय सुवास पाण्डे आइतबार मृत अवस्थामा फेला परेका छन् ।
साथै काठमाडौं महानगरपालिका–८ पशुपती क्रियापुत्री भवन पछाडी बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : २० बजे