८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको जडिबुटीमा मोटरसाइकलले पैदलयात्रीलाई दियो ठक्कर दिएपछि मृत्यु



काठमाडौं
१५ असोज । काठमाडौंको जडिबुटीमा मोटरसाइकलले पैदलयात्रीलाई दियो ठक्कर दिएपछि मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.प्र ०२–०४९ प २६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काठमाडौं जडिबुटी बस्ने काभ्रे खानीखोला गाउँपालिका–१ घर भएका ५० वर्षीय शार्कीमान लोप्चनको सोमबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : ३४ बजे