२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रचण्डद्वारा ललितपुरको नख्खु क्षेत्रमा आएको बाढीको क्षतिबारे स्थलगत अवलोकन



१५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ललितपुरको नख्खु क्षेत्रमा आएको बाढीको क्षतिबारे स्थलगत अवलोकन गरेर बुझ्न पुगेका छन्।

मंगलबार दिउँसो सो क्षेत्रमा स्थलगत अवलोकनका लागि पुगेका प्रचण्डले केहीबेर स्थानीयसँग गुनासो सोधपुछ गरेका थिए।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत विपद्मा परेका नागरिकहरूको सहयोग, उद्धार, राहत, पुनस्र्थापना र पुनर्निमाणका लागि पार्टीले स्वयंसेवक परिचालनको अभियान उद्घाटन गरेको पनि जानकारी गराएका छन्।

साथै, पार्टीका सबै कमिटी, निकाय, जनवर्गीय संगठन र सामाजिक संगठनहरूलाई अभियानमा हातेमालो गर्न पनि अपिल गरेका छन्।

गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण नख्खु खोलाले ललितपुरमा ठूलो जनधनको क्षति गरेको थियो।

 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ६ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।