८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नख्खु घटनाबारे गृहमन्त्रीले भने, ‘सक्दो प्रयास गरेका हौँ, जाँदै नगएको होइन’



१५ असोज । गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको दाबी गरेका छन्।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको जिकिर गरेका छन्।

साथै, उनले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरूलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भएपनि सम्भव नभएको प्रष्ट्याए।

‘नख्खुमा सरकारको उपस्थिति भएन, सरकार पुग्नै सकेन। सरकारले हेर्नै सकेन भन्ने होइन। हामीले प्रयत्न गरेको हो। सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि त्यहाँ गएको छ। प्रहरीले उहाँहरूलाई उद्धार गर्ने प्रयत्न गरेको छ,’ गृहमन्त्री लेखकले भने, ‘हेलिकप्टरबाट पनि उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिएको हो। प्रतिकुल मौसमका कारणले भएन। प्रयत्न गर्दागर्दै पनि उहाँहरू बग्नुभयो। ३ जनाको उद्धार भयो। २ जना बेपत्ता भएको अवस्था छ। सरकारको उपस्थिति नभएको, जाँदै नगएको, हेर्दै नहेरेको होइन। कोशिस गरेको हो।’

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ६ : ०६ बजे