९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरपालिकाले ५ वटा डुंगा किनेर राख्ने



१६ असोज । ललितपुर महानगरपालिकाले पाँच वटा डुंगा किन्ने भएको छ। सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र खानेपानीमन्त्रीसँगको छलफलका क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हालैको बाढी र डुबानमा डुंगा नहुँदा धेरैको उद्धारमा समस्या परेको भन्दै अब महानगरपालिकाले ५ वटासम्म डुंगा किनेर राख्ने बताए।

उनले जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टिको सम्भावना कुनैपनि बेलामा रहनसक्ने भन्दै आगामी दिनमा उद्धार र राहत कार्यमा समस्या हुन नदिन डुंगा किनेर राख्ने जानकारी गराए। उनले विपद्पछि स्वास्थ्यजन्य रोगहरुको समस्या हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न शुद्ध पानीको परिपूर्ति अपरिहार्य रहेको बताए।

उनले पियुस र अन्य ट्याब्लेटहरु मात्रै शुद्ध पानीको वितरण गर्नुपर्नेमा जोड दिनुभयो। उनले बाढीका कारण वागमतीमा धेरै जनावरहरु बगेको र चोभारमा अड्किएकाले त्यहीँ खाल्डो खनेर व्यवस्थापन गर्न पहल गरिरहेको बताए। विपद्जन्य घटनामा राहत र उद्धारका लागि वडाअध्यक्षलाई पूरा अधिकार दिएको जानकारी गराए।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : ४९ बजे