९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा बाढीपहिरोः मृत्यु हुनेको संख्या ७२ पुग्यो, पाँचजना बेपत्ता



१८ असोज । काभ्रेमा वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ। पाँचजना अझैँ बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जना र वेथानचोक गाउँपालिकामा १२ जनाको मृत्यु भएको छ।

त्यस्तै तेमाल गाउँपालिकामा २, धुलिखेल नगरपालिकामा १, नमोबुद्धमा १ जना र चौरीदेउराली गाउँपालिकामा १ जना गरि बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ।

घाइते २१ जनाको उपचार जारी छ भने ५७ जना उपचारपछि घर फर्केका छन्।

बढी क्षति भएका पनौती, वेथानचोक, रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाले सहयोग संकलनका लागि अपील समेत गरेका छन्।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।