१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया अनिश्चितकालका लागि स्थगित



१८ असोज । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ । यस अघि अन्तरवार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई बिहान ८ बजे डाकिएको थियो । तर छनौट समितिका संयोजक बिरामी परेर सिभिल अस्पतालमा भर्ना भएपछि अन्तरवार्ता पुन: रोकिएको हो ।

यस अघि अनुपस्थित भएका उम्मेदवारहरु डा. नबराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाईँमध्ये शुक्रबार अन्तरवार्ताका लागि डा. अधिकारी र कार्की भने समयमै अर्थमन्त्रालय पुगेका थिए । छनौट समितिका संयोजक बिरामी भएको भन्दै अनुपस्थित भएपछि डा. अधिकारी र कार्की १०:३० बजे मन्त्रालयबाट बाहिरिएका छन् । यस अघि नै अन्तरवार्ता दिएका प्रतिष्पर्धी सन्तोष नारायण श्रेष्ठ पनि दलबलसहित मन्त्रालय पुगेका थिए ।

सिफारिस समितिका अनुसार अर्काे सूचना प्रकाशित नभएसम्मका लागि प्रक्रिया स्थगित गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  २ : २० बजे