१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


किर्तिपुरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु, चालक नियन्त्रणमा



काठमाडौं
१८ असोज । राजधानीको कीर्तिपुर ल्याबरेटोरी सुन्दरीघाट सडकमा मोटरसाइकलमा यात्रारत युवकको दुर्घटनापछि मृत्यु भएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सो सडकमा बाग्मती प्रदेश ०२–०३६ प ७७४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना भएको थियो । दुर्घटनापछि मोटरसाइकलमा सवार काठमाडौं सोह्रखुट्टे बस्ने १८ वर्षीय रेकिन श्रेष्ठको मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएका प्रहरीको भनाई छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया अघि बढाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : २४ बजे