१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘छक्का पञ्जा ५’को ट्रेलरमा नकरात्मक प्रतिकृया



प्रतिकृया लेख्नेहरुले भने संगै प्रर्दशन हुन लागेको चलचित्र १२ गाँउको पक्षमा प्रतिकृया लेखेको देख्न सकिन्छ । कतिपयले अर्को चलचित्र ज्वाईसापको विज्ञापन गरिरहेका छन्
 ललितखबर
१९ असोज । शनिबार साँझ अबेर चलचित्र ‘छक्का पञ्जा ५’को ट्रेलर युट्युवमा सार्वजनिक गरिएको छ ।
टेलिचलचित्र हुँदै ठूलो पर्दाको चलचित्रमा अघि बढेका दिपकराज गिरी र दिपाश्री निरौलाको समूहले ‘छक्का पञ्जा ५’ निर्माण गरेको हो । चलचित्रमा दिपकराज गिरी नायकको भूमिकामा छन् । निर्देशक दिपाश्री निरौला हुन् ।
पाँचौं सिक्वेलसम्म बनाइएको यो चलचित्रको सकारात्मक प्रतिकृया भने देखिएन ।
६ बजेर ५५ मिनेटमा प्रिमियर गरिएको ट्रेलर ६ मिनेटमै १० हजार दर्शकले हेरेका थिए । तर प्रतिकृया लेख्नेहरुले भने संगै प्रर्दशन हुन लागेको चलचित्र १२ गाँउको पक्षमा प्रतिकृया लेखेको देख्न सकिन्छ । कतिपयले अर्को चलचित्र ज्वाईसापको विज्ञापन गरिरहेका छन् ।
असोज २४ गते फुलपातीको दिनदेखि छक्का पञ्जा ५ सँगै टेलिचलचित्र जिरे खुर्सानी हुँदै ठूलो पर्दामा प्रवेश गरेका जितु नेपाल र मोडल निती शाह अभिनति अभिनित चलचित्र ज्वाईसाप र पुराना अभिनेता विराज भट्टले निर्देशन र उनकै छोरा समिर भट्टले अभिनय गरेको चलचित्र १२ गाँउ एक साथ प्रर्दशन हुने भएका छन्
कतिपयले चलचित्रको ट्रेलर ढिला प्रशारण गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । धेरैले चलचित्रको ट्रेलर दमदार नभएको लेखेका छन् ।
 आउँदो असोज २४ गते फुलपातीको दिनदेखि छक्का पञ्जा ५ सँगै टेलिचलचित्र जिरे खुर्सानी हुँदै ठूलो पर्दामा प्रवेश गरेका जितु नेपाल र मोडल निती शाह अभिनति अभिनित चलचित्र ज्वाईसाप र पुराना अभिनेता विराज भट्टले निर्देशन र उनकै छोरा समिर भट्टले अभिनय गरेको चलचित्र १२ गाँउ एक साथ प्रर्दशन हुने भएका छन् ।
नेपाली चलचित्र क्षेत्रमा चर्चामा रहेका कलाकारहरुको तीन चलचित्र एकै दिनबाट प्रर्दशन सुरु हुने भएपछि दर्शक बाँडिने निश्चित छ ।
 केही समयअघि सार्वजनिक भएको चलचित्रको गीत ब्रेकअपलाई दिएर धेरै आलोचना भएको थियो । महिला अधिकारको वकालत गर्नेहरुले चलचित्रको गीतले महिलाको अपमान गरेको समेत भन्न भ्याएका थिए ।
अभिनेत्री बर्षा सिवाकोटीसँग विवाहपछिको घर झगडा,झैझगडा,जेलको बास र अस्पतालको भर्नाको दृश्य ट्रेलरमा अटाए पनि कथाको चुरो खोलिएको छैन
 कस्तो छ ट्रेलर ?
सरकारी कर्मचारीको भूमिकामा देखिएका राजा(दिपकराज गिरी) घुस नखाने सच्चा कर्मचारीको रुपमा ट्रेलरमा देखाइएको छ । केदार घिमिरे( माग्ने बुढा) राजाकै भरौटेको रुपमा देखिएका छन् । यद्यपी उनी राजाको विहे गर्न विषेश भूमिका खेलेको चलचित्रको कथा सार्वजनिक भएको छ । उनले राम्रो कोट लगाएका छन् । माग्ने बुढाको चरित्र मेटाउन उनको नयाँ चरित्र सहायक हुने देखिन्छ ।
सुन्दरी युवतीको रुपमा चलचित्रमा उभ्याइएकी अभिनेत्री बर्षा सिवाकोटीसँग विवाहपछिको घर झगडा,झैझगडा,जेलको बास र अस्पतालको भर्नाको दृश्य ट्रेलरमा अटाए पनि कथाको चुरो खोलिएको छैन ।
आमा सरस्वती मुभिजको व्यानरमा निर्माण गरेको यस चलचित्रमा दिपक दिपासँगै अभिनेत्री बर्षा सिवाकोटी, केदारप्रसाद घिमिरे,सुरविर पण्डित, मेक्सम गौडेल,रामेश्वर केसीलगायतको अभिनय हेर्न सकिन्छ । चलचित्रको कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् । दिपेन्द्र खनिया र केशव न्योपाने निर्माता छन् । चलचित्र हरि हुमागाईले खिचेका हुन् ।
https://youtu.be/_hBsVHlNOtA

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ८ : १७ बजे