१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको जारपाटीमा मिनीट्रकको ठक्करबाट युवतीको मृत्यु



१९ असोज । काठमाडौंको जारपाटीमा मिनीट्रकको ठक्करबाट युवतीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं गोकर्णेश्‍वर नगरपालिका–९ जोरपाटी नेपाल मेडिकल कलेजस्थित सडकमा भे.१ क् १५६ नम्बरको मिनिट्रक पल्टिँने क्रममा पैदलयात्रीको मृत्यु भएको हो ।
सो दुर्घटनाका क्रममा मिनिट्रकले च्यापिएर गोकर्णेश्‍वर नगरपालिका–९ आरूबारी बस्ने ५५ वर्षीया पैदलयात्री पबित्रा रिसालको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : ४२ बजे