२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भुवन केसी बने शेफर्ड कलेजको सद्भावना दूत



कलाकार केसीले कलेजले चलचित्रको अध्ययन अध्यापन सुरु गरेकोमा खुसी व्यक्त गरे

काठमाडौं
२० असोज । भुवन केसी शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीको विशेष सद्भावना दूत नियुक्त भएका छन् ।
आइतबार भएका सम्झौतामा कलाकार निर्माता भुवन केसी र कलेजबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा कलाकार केसी र कलेजको तर्फबाट प्रवन्ध निर्देशक तरुणप्रताप शाहले हस्ताक्षर गरे ।
सम्झौता अनुसार कलाकार केसी कलेजका विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरुमा सहभागी हुनेछन् । उनले आफ्नो सामाजिक सञ्जाल, निर्माता कम्पनी सुपर काजल फिल्म्सको ब्यानरमा बन्ने चलचित्रमार्फत कलेजको प्रवद्र्धन गर्ने सहमति भएको छ ।

कलाकार केसीले कलेजले चलचित्रको अध्ययन अध्यापन सुरु गरेकोमा खुसी व्यक्त गरे । शेफर्ड कलेजका प्रवन्ध निर्देशक तरुणप्रताप शाहले कलाकार केसीसँगको सहकार्यले चलचित्र एजुकेशन अझ राम्रो हुने विश्वास व्यक्त गरे ।
स्नातकोत्तर तहमा नेपालमै पहिलोपल्ट चलचित्रको पढाइ शेफर्ड कलेजले सुरु गरेको जानकारी दिँदै उनले प्रविधिको विकाससँगै विद्यार्थीहरुको रुचिअनुसार समसामयिक विषयहरु थप गर्दै लैजाने जानकारी दिए ।

चलचित्र ‘जुनी’ बाट करिअर सुरु गरेका केसीले एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । हाल उनी निर्माता तथा निर्देशक पनि हुन् । साथै उनले चलचित्र विकास बोर्डको समेत नेतृत्व गरिसकेका छन् ।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ८ : ११ बजे