२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु



एक हजार ५०० खसी, बोका र ३०० च्याङ्ग्राको बिक्री वितरण सुरु

काठमाडौँ
२० असोज । बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथालीस्थित बिक्री केन्द्रबाट आजदेखि एक हजार ५०० खसी, बोका र ३०० च्याङ्ग्राको बिक्री वितरण सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिएकी छिन् । खसी, बोकाको प्रतिकेजी रु छ सय ७० मूल्य तोकिएको छभने त्यसमा रु १० सहुलियत दिई रु छ सय ६० मा बिक्री वितरण सुरु गरिएको उनले बताइन् ।

यसैगरी, च्याङ्ग्राको प्रतिकेजी रु एक हजार २३० मूल्य तोकिएको छ । यसमा पनि रु १० सहुलियत दिई रु एक हजार २२० मा बिक्री वितरण सुरु गरिएको जनाइएको छ ।
चाड बडादसैँ, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा कम्पनीले सुरु गरेको सुपथ मूल्य पसल पनि जारी रहेको सूचना अधिकारी सुवेदीले जानकारी दिइन् ।
यही असोज २४ गते फुलपातीबाट दशैंको मुख्य पर्व सुरु हुँदैछ । असोज २६ गते विजया दशमीको अवसरमा टिका लगाइदैछ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ८ : २४ बजे