२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘छक्का पञ्जा ५’को निरन्तर विवाद श्रृखला



विहे नभाको तर कुमारी पनि हैन भन्नुको अर्थ खोज्दै उतश्रृखल गीतको संज्ञा दिदै आलोचना हुन थालेपछि अभिनेता दिपकले शव्दकोष पल्टाएरै देखाउनु परेको थियो

ललितखबर
२१ असोज । चलचित्र ‘छक्का पञ्जा ५’को ट्रेलर एक घण्टामा १ लाख पटक हेरियो । तर कमेन्टमा हजारौंले गालीको बर्षा गरे । अनपेक्षित गाली आएपछि अभिनेता तथा निर्माता दिपकराज गिरीले सामाजिक सञ्जालबाट गाली गर्ने दर्शकलाई धन्यवाद दिए ।
प्रर्दशन हुनु ५ दिन अघि मात्रै चलचित्रको ट्रेलर सार्वजनिक गरेको निर्माण पक्षले अघिल्ला प्रचार सामाग्रीमा पनि दर्शकको गाली खाएको थियो । ट्रेलरमा गाली खानुको मतलव चाही कमजोर ट्रेलरसँगै प्रतिश्पर्धी चलचित्रको प्रचार रणनीति देखिन्छ ।
ट्रेलरको कमेन्टमा गाली गर्नेहरुले चलचित्र ‘१२ गाँउ’को प्रचार गरिरहेको देख्न सकिन्छ ।

 

सम्बन्ध विच्छेदपछि बैवाहिक सम्बन्ध अघि बढाउने जोडीलाई गालीगैलजा गर्दै गीत सार्वजनिक गरेसँगै चलचित्रका निर्देशक निर्माता दिपक दिपाको भर्चुअल दुनियाँमा बेसरी गाली

गतमहिना युट्युवमा सार्वजनिक ‘विहे भाको छैन म, कुमारी नि हैन म’ गीतमा धेरैले आलोचना गरे । विहे नभाको तर कुमारी पनि हैन भन्नुको अर्थ खोज्दै उतश्रृखल गीतको संज्ञा दिदै आलोचना हुन थालेपछि अभिनेता दिपकले शव्दकोष पल्टाएरै देखाउनु परेको थियो ।


चलचित्रको दोश्रो गीत ‘बल्ल बुझें चाल तेरो रैछ त्रिताले, तँलाई सपिङ गर्दिएको पैसा फिर्ता ले’ पनि विवाद भयो । सामाजिक सञ्जालमा चलचित्रको गीतलाई लिएर महिलाबादी रुष्ट बने । सम्बन्ध विच्छेदपछि बैवाहिक सम्बन्ध अघि बढाउने जोडीलाई गालीगैलजा गर्दै गीत सार्वजनिक गरेसँगै चलचित्रका निर्देशक निर्माता दिपक दिपाको भर्चुअल दुनियाँमा बेसरी गाली खाए ।
सामायिक सञ्जालमा निरन्तरको आलोचनासँगै दिपक पछिल्लो समय रुष्ट छन् । उनी आफ्नो चलचित्रको विरुद्ध साइबर सेना प्रयोग गरिएको भन्दै आलोचना गर्ने गरेका छन् । चलचित्र ‘१२ गाँउ’को निर्माण पक्षले आफ्नो चलचित्रविरुद्ध प्रचारयुद्ध छेडेको आरोप लगाउदै पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रचार गर्न सुझाए ।

 

सामायिक सञ्जालमा निरन्तरको आलोचनासँगै दिपक पछिल्लो समय रुष्ट छन् । उनी आफ्नो चलचित्रको विरुद्ध साइबर सेना प्रयोग गरिएको भन्दै आलोचना

यही दशैंको फुलपातीबाट प्रर्दशन हुने चलचित्र १२ गाँउ, ज्वाईसाप र छक्का पञ्जामा दर्शक बाँडिने निश्चित छ । हास्यव्यङ्ग्य विद्याका कलाकार जितु नेपालको ज्वाईसाप र दिपकको छक्का पञ्जा ५ बीचसर्वाधिक विवाद देखिएपनि पछिल्लो समय दर्शकको मुड हेर्दा ‘१२ गाँउ’ र ‘छक्का पञ्जा ५’ बीच कडा टक्कर हुने देखिएको छ ।
सधै चर्चा र विवादकाबीच चलचित्र प्रर्दशन सुरु हुने उनको ‘छक्का पञ्जा ४’ को प्रर्दशन पनि यस्तै विवादका बीच सुरु भएको थियो । अभिनेता अनमोल केसीको चलचित्र छड्के २.० सँगै प्रर्दशन भएको चलचित्र ‘छक्का पञ्जा ४’ले तत्कालीन समयमा बाजी मारेको थियो ।
नेपाली दर्शककको मुडलाई यसै भन्न सकिन्न । अभिनेता पल शाहको एक्सन जनराको चलचित्र ‘रावायण’ चलेन । बक्सअफिसमा चलचित्र १२ गाँउ चल्छ नै भन्न सकिन्न । बर्षैंदेखि पुरानो राजाको कथा रहेको ‘छक्का पञ्जा ५’ले राम्रो व्यापार गर्छ नै भनेर ठोकुवा गर्ने आधार पनि देखिन्न ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : ४० बजे