९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेलम्चीवासीकै घरमा पुगेर पानीको अवरोध खुलाउन अनुरोध गर्छुः मन्त्री यादव



२१ असोज । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन्।

मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरुको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताएका हुन्।

उनले मेलम्चीका स्थानीयहरुको चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताए। मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको जानकारी दिए।

मुलुकमा असहज परिस्थिति रहेको भन्दै मन्त्री यादवले अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरे। मन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिने आशा रहेको बताए।

उनले अहिले आन्दोलन गर्ने बेला नभई एक अर्कालाई सहयोग गर्ने समय रहेको बताए। बाढी पहिरोले खानेपानीमा मात्रै करिव साढे ३ अर्बको क्षति पु¥याएको उनले बताए। उनले काठमाडौं उपत्यकाका खानेपानी संरचनामँ पनि धेरै क्षति गरेको बताए।

महांकाल मैदानमा भएका मेसिनरी वस्तुहरुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको बताए। उनले विपद् व्यवस्थापनबाट खानेपानी पुनःनिर्माणको काम गर्ने तयारी गरेको बताए।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १ : ०५ बजे