२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्से परिसूचक २७ अंकले घट्यो



२२ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ। आइतबार र सोमबार बढेको शेयर बजार मंगलबार घटेर बन्द भएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ को विन्दुमा सीमित भएको छ।

मंगलबार कारोबार भएका सबै उपसमूहको उपसूचक घटेको छ। कुल एक करोड तीन लाख ३० हजार ५०२ कित्ता शेयर ४५ हजार ८७० पटक किनबेच भयो। जसबाट चार अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो दिन सात अर्ब नौ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्सेका अनुसार मंगलबार मिड सोलु हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। बुटवल पावर कम्पनी ६.८३, मान्डु हाइड्रो पावर ६.३१, प्रभु स्मार्ट फन्ड ५.९६ र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले ५.४४ प्रतिशतले बढेको छ।

यस्तै, इस्टर्न हाइड्रोपावर ८.५०, बुद्ध भूमि नेपाल हाइड्रोपावर ७.२४, नेपाल फाइनान्स ६.९८, बोटलर्स नेपाल ५.८८ र कालिन्चोक दर्शनका लगानीकर्ताले ५.५० प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ३ : ५३ बजे