२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोटिखेल पुगेर गृहमन्त्री लेखकले के भने ?



पाटन (ललितपुर)
२२ असोज । आज गृहमन्त्री रमेश लेखकले आज दक्षिण ललितपुरको गोटिखखेल पुगेर बाढीडितहरुलाई सम्बोधन गरेका छन् ।
विपतबाट विस्थापितहरूको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्ने उनले आश्वासन दिएका हुन् ।

आज ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेलमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै मन्त्री लेखकले विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको र जतिसक्दो चाँडो समस्या समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

गृहमन्त्री लेखकले सरकार नागरिकको अभिभावक पनि भएकाले सोहीअनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध रहेको भनाई राखे । “पुनःनिर्माण र पुनःस्थापनाका लागि सरकारले छिट्टै व्यवस्था गर्छ । यो समस्यामा कहाँ जाउँला ? के गरुँला ? कसैले नसोच्नुहोला । सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो”, मन्त्री लेखकले भने,“सोही भावनाका साथ सरकार अत्यन्तै संवेदनशील भएर पुनःनिर्माणमा लाग्छ । प्रभावित नागरिकलाई अभिभावकत्व प्रदान गर्छ ।”

यस कार्यमा सत्ता पक्ष वा प्रतिपक्ष, राजनीतिक आस्था वा कुनै पूर्वाग्रह नराखी सबै मिलेर अगाडि बढ्ुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । “कुनै राजनीति, पक्ष—विपक्ष नभनी तीनै तहका सरकार, राजनीतिक दल, गैरसरकारी संस्थालगायत सबै मिलेर हामीले विपद्पछिको समस्या समाधान गर्न लाग्नुपर्छ । त्यसमा सरकारले सहजीकरण गरिरहेका छ”, उनले भने ।

गृहमन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रहसमेत गरे । “लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तास्वरुप रु २५ हजार पठाउछौँ”, उनले भने ।

रक्षामन्त्री मानवीर राईले विपद्बाट सर्जित समस्या समाधान गर्न मिलेर काम गर्दा छिट्टै समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।

स्थलगत निरीक्षणका क्रममा ललितपुर क्षेत्र नं १ का सङ्घीय सांसद उदयशम्शेर राणा, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, उपाध्यक्ष डोल्मामायाँ गोलेलगायतले यहाँको प्रभावित क्षेत्र, क्षति विवरण, पुनःनिर्माण र पुनःस्थापनाको आवश्यकताका बारेमा जानकारी गराएका थिए ।

स्थलगत निरीक्षणका क्रममा आज सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको बाढीपहिरो प्रभावित ग्रामीण क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसहितको टोलीदे अनुगमन गरेको हो ।
यसअघि गृहमन्त्री लेखकले आइतबार र सोमबार काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी विपद् प्रभावित क्षेत्रको अनुगमन गरेको थिए ।

 

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ९ : १० बजे